१३७ ठाउँको मतगणना अपडेट : कांग्रेस पहिलो, घण्टी चौथो



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रेदेश सभाको मतगणना जारी रहेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये १३७ स्थानको मतगणना भइरहेको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले ३ निर्वाचन क्षेत्रमा जित निकालेको छ भने नेकपा एमालेले १ स्थानमा जित हात पारेको छ । अन्य दलले अहिलेसम्म खाता खोलेका छैनन् ।

मंगलबार बिहान साढे ९ बजेसम्मको विवरण अनुसार नेपाली कांग्रेसले ४८ निर्वाचन क्षेत्रमा अग्रता बनाइरहेको छ । दोस्रो स्थानमा नेकपा एमाले रहेको छ उसले ३६ स्थानमा अग्रता बनाइरहेको छ ।

तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ उसले १२ स्थानमा अग्रता बनाइरहेको छ । राष्ट्रिय स्वतनत्र पार्टी १० ठाउँमा अगाडि छ भने एकीकृत समाजवादी ७ ठाउँमा अगाडि छ ।

त्यस्तै राप्रपा ६ ठाउँमा अगाडि रहेको छ । नागरिक उम्मुक्ति पार्टीले ४ ठाउँमा अग्रता बनाउँदा जनता समाजवादी पार्टी ३, लोसपा २, जनमोर्चा १ र जनमत पार्टीले १ स्थानमा अग्रता बनाइरहेका छन् ।


क्लिकमान्डु