बाजुराका ७ वटा मतदानस्थलमा रोकियो चुनाव



धनगढी । बाजुराको ७ वटा मतदानस्थलमा मतदान कार्य स्थगित भएको छ ।

बुढीगंगा नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका १ र त्रिवेणी नगरपालिका ७ मा रहेका मतदानस्थलमा मतदान रोकिएको हो ।

दलका कार्यकर्ताबीच विवाद भएपछि कतिपय मतदानस्थलमा सुरक्षकर्मीले हवाइ फायर गरेको छ ।
मतदान सुचारू गर्न छलफल चलिरहेको जनाइएको छ ।


क्लिकमान्डु