दोलखाको अमर मावि मतकेन्द्रमा प्रहरीद्वारा हवाइ फायर



दोलखा । मतदानका क्रममा दोलखामा गोली चलेको छ ।

दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको हो ।

एकैचौटी धेरै मतदाता मतदान स्थलभित्र छिर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

भिडले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि हवाइ फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

हवाइ फायरपछि अहिले मतदान रोकिएको छ । मतदानस्थलमा प्रहरीको थप टोली परिचालन गरिएको छ ।


क्लिकमान्डु