लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन: शेखर कोइराला



मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताएका छन् ।

डा कोइरालाले आज बिहान आदर्श माध्यमिक विद्यालयमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माध्यमबाट संविधानको रक्षा, राजनीतिक स्थरिता र भ्रष्टाचार न्यूनीकरण र शासन कायम हुने धारणा राखे ।

नेता कोइरालाले कांग्रेसको नेतृत्वमा आगामी दिनमा गठबन्धनको सरकार निर्माण हुने र कांग्रेसको नेतृत्वको दाबेदारी रहने बताए । उनले निर्वाचनको परिणामपछि कांग्रेस कस्को नेतृत्वमा सरकार बनाउने भन्नेमा निर्णय हुने बताए ।

निर्वाचनपछि सुशासन दिने प्रष्ट पार्दै उनले भने,’हामी पारदर्शी, जनताप्रति जवाफदेही र भ्रष्टाचार न्यूनीकरण गर्न सकेनौँ भने सरकार परिवर्तन हुन्छ ।’


क्लिकमान्डु