किन खाने च्यवनप्रास, के छन् फाइदा ?



काठमाडौं । डाबर च्यवनप्रास आयुर्वेद र नवीन विज्ञानको प्राचीन ज्ञानसँग बनाइएको एक शुत्र हो ।

च्यवनप्रास एक पौष्टिक जाम हो जसले स्वास्थ्यलाई स्वस्थ्य र तन्दुरुस्त बनाउनको लागि फाइदा गर्छ । च्यवनप्रास संस्कृतबाट आएको शब्द हो ।

हिन्दू धर्मशास्त्र महाभारतमा उल्लेख भएअनुसार च्यवन नाम गरेका एक वृद्ध ऋषिलाई देवताका वैद्य अश्विनीकुमारले जवानी पुनर्स्थापित गराएका थिए । च्यवन ऋषिको जवानी पुनर्थापित गर्ने क्षमता भएका कारण यसको प्रयोग फाइदाजनक भएको विश्वास गरिन्छ ।

घिऊ, तिलको तेल र महले जडिबुटीलाई कोशिकाहरुको गहिराइमा लैजान उत्प्रेरकको रुपमा काम गर्छ । जबकी, महले अन्य प्रमुख तत्वहरुको प्रभावलाई बेवास्ता गर्न र सुरक्षा गर्न मद्दत गर्छ । च्यवनप्रासले मांसपेशी बलियो, कलिलो र रिष्टपुष्ट बनाउनको लागि सहयोग गर्छ ।

च्यवनप्रासले छालालाई कलिलो नरम र चम्किलो बनाउनको मद्दत गर्ने कम्पनीको दाबी छ । बुढ्यौली प्रक्रियालाई सुस्त बनाउन, स्मरणशक्ति बढाउन, मुटुको लागि यसले फाइदा पुग्छ । पाचन, उत्सर्जन र श्वासप्रश्वास प्रणालीको स्वास्थ्यलाई बढाउन पनि च्यवनप्रास लाभदायक रहेको डाबर कम्पनीको दाबी छ ।

डाबर च्यवनप्रास जडीबुटी र प्राचीन आयुर्वेदबाट बनेको स्वास्थ्यको लागि फाइदाजनक पौष्टिक जाम हो । च्यवनप्रास विभिन्न जडिबुटी, अमला, घिऊ, तिलको तेल र महको मिश्रणबाट बनेको पौष्टिक जाम भएको डाबरले जनाएको छ ।

यसमा रहेको मुख्य तत्व अमला हो, जसले शरीरबाट विषाक्त पदार्थहरु हटाउन मद्दत गर्छ । यसको समृद्ध एन्टिअक्सिडेन्ट गुणहरु र भिटामिन सीको उच्चतम स्रोतहरुमध्ये हुन्छ ।

यसमा रहेको घिउले शुद्ध मक्खनको रुपमा एक उत्प्रेरक (योगवाही) को कार्य गर्दछ र सेलुलर स्तरमा जाममा सामावेश जडिजुडी को अबशोषण सक्षम गर्दछ । महले शरीरमा मर्मत आवश्यक पर्ने जडीबुटीहरुको उत्प्रेरकको रुपमा काम गर्दछ । यस्तै तिलको तेलले आयुर्वेदिक हर्बल तयारीहरुको लागि काम गर्न बताइएको छ ।

कसरी उपभोग गर्ने ?

यो कुनै विशेष मौसममा नभएर जुनसकै मौसममा प्रयोग गर्न सकिन्छ । डाबर च्यवनप्रास सिधै उपभोग गर्न सकिन्छ । तर, तातो दुध वा तातो पानीसँग खाँदा अझ उपयोगी हुन्छ ।

वयस्कहरुका लागि १ चम्चा दिनमा दुई पटक प्रयोग गर्ने, बिहान खाली पेटमा एक चम्चा, नास्ता गर्नुअघि र बेलुकाको खानाको ३० मिनेटअघि एक चम्चा खान सकिने कम्पनीले जनाएको छ । ३–१२ वर्षका बच्चाहरुको लागि मात्रा दैनिक दुईपटक आधा चम्चा खुवाउन उपयुक्त हुने कम्पनीले जनाएको छ ।

च्यवनप्रासमा के पाइन्छ ?

च्यवनप्रासमा पाइने प्रमुख तत्व अमलाले शरीरलाई डिटोक्सिफिकेसन गर्छ । जसले रगत, फियो, कलेजो र फोक्सो सफा गर्छ । यसको नियमित सेवनले हामी जवान रहन र मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणालीलाई सुढृद गर्न, शरीरको शत्ति र सहनशक्ति निर्माण गरेर रोगसँग लड्ने प्राकृतिक क्षमतालाई बढाउन श्वासप्रश्वास प्रणालीमा सहयोग गर्छ । डाबर च्यवनप्रासको नियमित प्रयोगले शरीरको प्राकृतिक प्रतिरक्षाको सार बनाउँछ ।

फाइदाहरु

डाबर च्यवनप्रास ४१ भन्दाबढी आयुर्वेदिक जडीबुटीहरुको परीक्षण गरिएको आयुर्वेदिक ढाँचा हो जसले प्रतिरक्षा प्रणालीलाई बढाउन मद्दत गर्छ, जसले गर्दा ब्याक्टेरिया, भाइरस, धुलो र मौसम परिवर्तनको कारण हुने खोकी र चिसो आदि जस्ता दैनिक संक्रमणहरु शरीरलाई बचाउँछ ।

स्वास्थ्यको हिसाबले डाबर च्यवनप्रास सबै उमेर समूहका (बालबालिका, बयस्क र वृद्ध) मानिसको लागि फाइनाजनक भएको कम्पनीको भनाइ छ ।

भिटामिन सी र एन्टिअक्सिडेन्टले हाम्रो स्वास्थ्यको फाइदाजनक रहेको छ । डाबर च्यवनप्रासले फोक्सोको शक्ति प्रवर्द्धन गर्न अविश्वसनीय काम गर्नसक्छ । यसले श्लेष्म भिल्लीलाई पोषण दिने भएकाले श्वासप्रश्वास मार्गलाई सफा राख्न मद्दत गर्छ ।

यसले हाम्रो शरीरमा बल,उर्जा र विभिन्न संक्रमणहरुबाट जोगाएर स्वास्थ्य प्रतिरक्षा गर्न मद्दत गर्छ ।

डाबर च्यवनप्रासमा पाइने जडिबुटीहरुले फोक्सो जोगाउका लागि संक्रमणसँग लड्ने मद्दत गर्छ । यस्तै च्यवनप्रासले रुघाखोकी, दम, क्षयरोग, कब्जियत, भोक नलाग्ने, अल्छी लाग्ने र तौल घट्ने जस्ता रोगसँग लड्ने क्षेमताको विकास गर्छ । प्रजनन स्वास्थ्य, छाला सुधार्न मद्दत, बुढ्यौली रोक्न र दीर्घायु यसले थप सहयोग गर्दछ ।

प्रतिरक्ष बुस्टर र स्ट्यामिना

च्यवनप्रास एक शक्तिशाली प्रतिरक्षा बुस्टर हो र शरीरलाई हेमोग्लोबिन र सेतो रक्त कोशिकाहरु उत्पादन गर्न मद्दत गर्दछ र रगत, कलेजो र फोक्सोलाई सफा गर्छ । यसले जवानी बढाउन मद्दत गर्छ ।

च्यवनप्रासमा प्राचीन कालदेखि नै स्वास्थ्य परिपूरक र रोग प्रतिरोधात्मक क्षमता र दीर्घायु बढाउने औषधीको रुपमा व्यापकरुपमा प्रयोग हुँदै आएको पाइन्छ ।

च्यवनप्रासले कुपोषक तत्वको कमी र गलत पाचन प्रणालीको कारण लाग्ने कुपोषणकुपोषणविरुद्ध लड्न मद्दत गर्छ । साथै यसले कमजोर स्मरणशक्ति बढाउने मद्दत गर्छ ।

कोभिड १९ मा डाबर च्यवनप्रासको प्रभाव

विश्वभर महामारीका रुपमा आएको कोभिड १९ संक्रमण हनु नदिन पनि यसले महत्वपूर्ण भूमिका खेलको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

‘अ लार्ज–स्क्याल मल्टी–सेन्ट्रिक किलिनिक अध्ययन’ले गरेको एक अनुसन्धानले पनि डाबर च्यवनप्रासले कोभिड–१९ को समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि महत्वपूर्ण भूमिका खेलेको बताएको छ ।

यसले गरेको अनुसन्धानमा ६९६ जना सहभागि भएका थिए । तीमध्ये ३५१ जना च्यवनप्रास प्रयोग गर्ने समूह र ३४५ प्रयोग नगर्ने गरी दुई समूह थिए ।

अध्ययनको नतिजाले डाबर च्यवनप्रासको नियमित सेवन गर्नेहरुमा काभिड– १९ संक्रमणकमो जोखिम १२ गुणासम्म कम भएको देखाएको छ ।

यस्तै विश्व स्वास्थ्य सङ्ठनले कोभिड–१९ को लागि प्रकाशित गरेको सामान्य मापनअनुसार कोभिड–१९ को गम्भीरता मूल्याङ्कन गरिएको थियो । यस अध्ययनले पनि डाबर च्यवनप्रासको नियमित प्रयोग गर्नेको जीवनस्तरमा २ गुणा सुधार भएको देखाएको छ।

यस अध्ययनले कोभिड कोभिड–१९ को गम्भीर संक्रमणबाट बढी सुरक्षित रहेको पाइयो किनभने दुईजना सहभागी मात्र आरटी–पीसीआर भएका थिए । अध्ययन अवधि पूरा भएको २ महिनापछि पोजेटिभ र दुबैमा लक्षण नदेखिएको अस्पतालका निर्देशक तथा प्रिन्सिपल प्राध्यापक डाक्टर विदुला गुजरवारले बताए ।

अर्को तर्फ नियन्त्रण समूहमा सोही अवधिमा चारजना सहभागीमा आरटी–पिसिआर पोजिटिभ आएको र तीमध्ये एक जनालाई अस्पतालमा भर्ना गर्नुपरेको डा गुर्जवारको भनाइ छ ।

जाडो मौसममा प्रभावकारी

यसमा धेरै रासायन जडिबुटीहरु छन्, जसले यसको इम्युनोमोड्युलेटरी प्रभावहरुमार्फत् विभिन्न प्रकारका संक्रमणहरुलाई रोक्न मद्दत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता, मौसमी प्रभाव, नाकको एलर्जी र संक्रमण आदिमा च्यवनप्रासको फाइदाजनक प्रभावलाई पुष्टि गर्ने विभिन्न क्लिनिकल र पूर्व–चिकित्सा अध्ययनहरुले देखाएको छ ।


क्लिकमान्डु