हिमालयन बैंकले त्रि.वि शिक्षण अस्पताललाई गर्यो बारकोड रिडर र प्रिन्टर सहयोग



काठमाडौं । हिमालयन बैंकले महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ४ लाख ५३ हजार ८४० रुपैयाँको उक्त सामान सहयोग गरेको जनाएको छ ।
उक्त बारकोड रिडर र प्रिन्टर बंैकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीलाई सहजता होस् भन्ने मनसायले हस्तान्तरण गरेको जनाएको छ ।

बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने गरेको थियो । अब भने उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत हुने बैंकले जनाएको छ ।

उक्त सहयोगका सामाग्री बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी संचालक प्रा. डा. दिनेश काफ्लेलाई हस्तान्तरण गरेका छन् ।


क्लिकमान्डु