अमेरिकामा मूल्यवृद्वि उच्च, घर भाडा तीन दशक यताकै महंगो



एजेन्सी । अमेरिकामा उपभोग्य वस्तुहरुको मूल्य ह्वात्तै बढेको छ ।

एक अध्ययनकाअनुसार अमेरिकामा घर भाडा सन् १९९० पछि सबैभन्दा धेरै बढेको छ भने खाद्यान्न वस्तुको लागत पनि निकै बढेको पाइएको छ ।

निरन्तर विभिन्न उपभोग्य सेवा र वस्तुहरुको मूल्य बढिरहँदा अमेरिकाको फेडरल रिजर्भ (फेड) ले चौथो महिना ब्याजदर बढाउँदै यो वर्ष ७५ प्रतिशतसम्मको बृद्धि देख्न सकिने अनुमान गरिएको छ । बढ्दो ब्याजदरको असर प्रत्यक्ष रुपमा उपभोक्तामाथि परेको छ ।

अमेरिकाको श्रम विभागले जारी गरेको रिपोर्टले अन्तर्निहित मुद्रास्फीतिको मापन पनि ४० वर्षमा अहिले सबैभन्दा धेरै वृद्वि भएको देखाएको छ । उपभोक्ताहरुले पनि साधारणभन्दा साधारण उपभोग्य सेवाका लागि धेरै रकम तिर्नुपरेको देखिएको छ । स्वास्थ्य सेवाका लागि पनि उपभोक्ताहरुले धेरै रकम तिरेको अध्ययनले देखाएको छ ।

उपभोक्ता मूल्य सुचकांक अगस्ट महिनामा ०.४ प्रतिशतले बढेको छ, जुन अगस्टमा ०.१ प्रतिशतले बढेको थियो । अर्थशास्त्रीहरुकाअनुसार मूल्यबृद्धि ०.२ प्रतिशतले बढ्ने देखिएको छ ।

अमेरिकामा पछिल्लो समय खाद्यान्नका सामग्रीहरुको मूल्य ०.८ प्रतिशतले बढेको छ । त्यस्तै, घरको भाडामा पनि सन् १९९० यताकै सबैभन्दा धेरै बृद्धि देखिएको छ । हाल ०.८ प्रतिशतले घर भाडामा बृद्धि देखिएको छ । युक्रेन र रुसबीच भइरहेको द्वन्द्वका कारण खाद्यान्नको मूल्यमा थप बृद्धि देख्न सकिने अर्थशास्त्रीहरुको अनुमान रहेको छ ।


क्लिकमान्डु