चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन



एजेन्सी । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनले बुधबार दिल्लीको एम्स अस्पतालमा ६८ वर्षको उमेरमा अन्तिम श्वास लिए ।

श्रीवास्तवको गत अगस्टमा दिल्लीको होटलमा एक्सरसाइज गर्ने समयमा हर्ट अट्याक भएको थियो । यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

उनी पिछलो ४० दिनदेखि भेन्टिलेटरमा थिए । श्रीवास्तवका एक पत्नी र दुई सन्तान छन् । श्रीवास्तवले अभिनयको दुनियामा ८० को दशकमा कदम राखेका थिए ।

उनले सवैभन्दा चर्चा साना पर्दाबाट पाएका थिए । २००५ मा ‘द ग्रेट इंडियन लाफ्टर च्यालेन्ज’मा भाग लिएपछि उनी चर्चामा आएका थिए । गजोधर भैयाको भूमिकामा उनी लोकप्रिय बनेका थिए ।

श्रीवास्तवले फिल्ममा पनि काम गरेका थिए । ‘मैंने प्यार किया’, ‘बाजीगर’ र ‘आमदनी अठन्नी खर्चा रुपैयाँ’, जस्ता फिल्ममा पनि उनले अभियन गरेका छन् । उनी उत्तर प्रदेश फिल्म विकास परिषदका प्रमुख थिए ।

उत्तर प्रदेशको कानपुर निवासी श्रीवास्तवले पछिल्लो दशकमा राजनीतिमा पनि हात हालेका थिए । उनी समाजवादी पार्टीमा केही समय जोडिएपछि २०१४ मा भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए ।


क्लिकमान्डु