चोलेन्द्र जबराकी छोरीलाई ऋण तिर्न लालीगुँरास सहकारीको निर्देशन, नमाने घरजग्गा लिलामी गर्ने



काठमाडौं । श्री लालीगुँरास सहकारी संस्थाले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको छोरी सृष्टि राणा रावललाई कर्जा चुक्ता गर्न आउन २१ दिने सूचना निकालेको छ ।

सहकारीबाट व्यवसायिक प्रयोजनका लागि लिएको कर्जाको संस्थासँग गरेको सम्झौता बमोजिम समय–समयमा तिर्नु बुझाउनु पर्ने साँवा, ब्याज र अन्य दस्तुर नतिरेको र सम्पूर्ण कर्जाको भाखा समेत नाघी कर्जा सम्बन्धी शर्त बन्देजहरू उल्लंघन गरेको भन्दै २१ दिनमा उक्त कर्जा चुक्ता गर्न सूचना निकालेको छ । पुर्व गभर्नर तिलक बहादुर रावलकी बुहारी सृष्टि र छोरा विनय रावलले व्यापरिक प्रयोजनका लागि उक्त कर्जा लिएका थिए ।

लिएको ऋण तिर्न पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा चुक्ता नगरेको भन्दै २१ दिन भित्र कर्जा नतिरे संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली, संस्थाको विनियम तथा सहकारी ऐन २०७४, नियमावली २०७५ ले दिएको अधिकार प्रयोग गरी ऋणी तथा जमानीको फोटो सहितको विवरण खुलाई पुनः ३५ दिने सूचना प्रकाशित गरी संस्थाको नाममा दृष्टिबन्धकी पारित गरी दिएको धितो (घरजग्गा) लिलाम बिक्री गरी सम्पूर्ण कर्जा रकम असुल उपर प्रकृया अगाडि बढाउने सहकारीले जनाएको छ ।


क्लिकमान्डु