सहकारी विभागले जारी गर्यो १२ बुँदे मार्गदर्शन (पूर्णपाठ)
काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई साधारणसभा सञ्चालन गर्न १२ बुँदे मार्गदर्शन जारी गरेको छ ।
विभागले जारी गरेको मार्गदर्शनमा सभा गर्दा भडकिलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
मार्गदर्शनमा सबै संघसंस्थाले २०७९ पुस मसान्तभित्र सभा अनिवार्य गर्न भनेको छ । कोरोनाको प्रभाव तथा असर समेतको आधारमा संघ, प्रदेश वा स्थानीय तह र स्थानीय प्रशासनबाट जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरी सभा गर्न भनेको छ ।
सभा सकेको १५ दिन भित्र निर्णयाको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन लगायत कागजात विभागमा अनिवार्य पेश गर्न भनेको छ ।