खानेपानीको समस्या समाधान गर्न संघीय सरकारले सहयोग गर्छः मन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईसँग भेटवार्ता गरेका छन् । भेटमा धरानमा देखिएको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेको मन्त्री शर्माले बताए ।

मन्त्री शर्माले आवश्यक प्राबिधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले महानगरपालिकालार्इ सहयोग गर्ने आश्वसन दिए ।

भेटमा मन्त्री शर्माले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गरेको जनपरिचालनको प्रशंसा गरे ।

भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताए । उनले केन्द्र सरकार अविभावक भएकाले जनताको समस्या समाधान गर्न सहयोगका लागि आग्रह गरे ।


क्लिकमान्डु