कुन सहकारी हो मन्त्री श्रेष्ठलाई नै २३ प्रतिशत ब्याज लिएर ठग्ने ?



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई सहकारी संस्थाले २३ प्रतिशतले ब्याज लिएर ठगेको छ ।

मन्त्री श्रेष्ठले नै आफुलाई सहकारीले २३ प्रतिशत ब्याज लिएर ठगेको दाबी गरेकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३५औं स्थापना दिवसका अवसरमा मन्त्री श्रेष्ठले सहकारी संस्थाले आफूसँग २३ प्रतिशत ब्याज लिएर ठगेको दाबी गरेकी हुन् । मन्त्री श्रेष्ठले आफुलाई २३ प्रतिशत ब्याज लिएर ठग्ने सहकारीको नाम भने खुलाउन चाहिन्न् ।

‘म आफैं पनि त्यो बचत तथा ऋण सहकारीबाट पीडित व्यक्ति हुँ । कतिसम्म भने लिलामणी दाई र शशी दिदी सेवाको राजनीति गर्ने, निष्ठाको राजनीति गर्ने त्यसकारण तपाइँहरुलाई यति छुट, समस्या पर्यो व्यवहार चलाउन, ऋण लिनु पर्यो कहाँ जाने । धितो राख्न धेरै समस्या । सहकारी सहज छ, सही कुरा हो । सहकारीबाट केही ऋण लिएर आफ्नो गर्जौ टारौ भनेर लाग्दा, आफ्नो व्यवहार केही सल्टाउ भनेर लाग्दा हामी निष्ठाको, त्याग, तपश्या र बलिदानको राजनीति गर्ने दाई, दीदी भनेर दिएको ऋणमा मैले २३ प्रतिशत भन्दा बढी ब्याज तिरेको छु । त्यो कहाँ छ यस्तो व्यवस्था ? यो मेरो आफ्नो जीवनको भोगाइ हो । अब यस्तो नहोस मन्त्री श्रेष्ठले भनिन् ।’

उनले नेपालमा सहकारी सहकारीको मोडलमा नचली साहुकारी मोडलमा चलेको दाबी गरेकी छिन् । नेपालमा बचत तथा ऋण र बहुउद्देश्यीय सहकारी बैंकिङ शैलिमा, नाफा घाटाको आधारमा मात्रै चलेको उनको तर्क छ । मन्त्री श्रेष्ठले आफू सहकारीबाट ठगिएको भएपनि अरु नागरिक नठगिन समेत आग्रह गरिन् । उनले सहकारीमा आगामी दिनमा बोल्नु भन्दा पनि काम गर्न सबैलाई आग्रह गरिन् ।


क्लिकमान्डु