लक्ष्मी लघुवित्तको नाफा घट्यो



काठमाडौं । गत आर्थिक वर्षमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १६ करोड ७ लाख २३ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनमा १८.४८ प्रतिशतले थोरै हो । अघिल्लो आर्थिक वर्षमा लक्ष्मीले १९ करोड ७१ लाख ४९ हजार रूपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ३.४० प्रतिशतले बढेर ५३ करोड ५२ लाख १३ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा यस कम्पनीको खुद ब्याज आम्दानी ५१ करोड ७५ लाख ७९ हजार रूपैयाँ थियो । खुद ब्याज आम्दानी बढेपनि गत आवमा यस लघुवित्तको सञ्चालन नाफामा १७.४७ प्रतिशतले घटेर २३ करोड ६७ लाख ५३ हजार रूपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन मुनाफा २८ करोड ६८ लाख ८२ हजार रूपैयाँ थियो ।

संस्थाको चुक्ता पुँजी २० प्रतिशतले बढेर ३८ करोड ४० लाख रूपैयाँ पुगेको छ । जगेडा कोष भने २.४६ प्रतिशतको गिरावट आएर १६ करोड ४१ लाख रूपैयाँ सञ्चित भएको छ ।

कम्पनीको निष्कृय कर्जा अनुपात ३.२७ प्रतिशतबाट घटेर ३.२१ प्रतिशतमा झरेको छ । संस्थाको प्रतिसेयर आम्दानी ६१.६० रूपैयाँबाट घटेर ४१.८५ रूपैयाँमा सीमित भएको छ ।


क्लिकमान्डु