सेञ्चुरी बैंक प्रभुमा गाभिने, चुक्ता पुँजी २२ अर्ब २५ करोड पुग्ने



काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ ।

आइतबार बेलुका दुई बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ । सेञ्चुरी बैंक १:१ को अनुपातमा प्रभु बैंकसँग एक्विजेशनमा जाने निर्णय गरेको हो ।
एक्विजेशनपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुने छ ।

प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचन हुनेछन् । यस्तै सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने डेपुटी सीइओ हुनेछन् ।

प्रभु र सेञ्चुरी बैंकबीच असार मसान्तमा नै मर्जरमा सम्झौता गर्ने सहमति भएपनि अन्तिम हस्ताक्षर भएको थिएन । असार मसान्तभित्र हस्ताक्षर भएको भए मर्जरपछि लगानीकर्ताले लाभकरमा छुट पाउने थिए । अब भने राष्ट्र बैंकले दिने नियामकिय सुविधा मात्र पाउेछन् ।

गत आर्थिक वर्षमा प्रभु बैंकले २ अर्ब ६० करोड नाफा गरेको थियो । बैंकसँग १ खर्ब ७८ अर्ब निक्षेप छ । यस्तै कर्जा १ खर्ब ४५ अर्ब छ । सेञ्चुरी बैंकले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छैन । बैंकले नाफा १ अर्बभन्दा बढी गरेको छ भने निक्षेप १ खर्बभन्दा बढी संकलन गरेको छ ।

प्रभु बैंकमा यसअघि ग्राण्ड बैंक सहित विकास बैंक तथा फाइनान्स कम्पनीहरु गाभिएको छ । यस्तै सेञ्चुरी बैंकमा विकास बैंक तथा फाइनान्स कम्पनी गाभिएका छन् ।


क्लिकमान्डु