साधना लघुवित्तको नाफा घट्यो



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अवधिमा साधना लघुवित्तले ११ करोड ६१ लाख रूपैयाँ खुद नाफा कमाएको छ ।

जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ०.८३ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड १७ लाख ९५ हजार रूपैयाँ नाफा कमाएको थियो ।

संस्थाले २८ करोड ८७ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १९ प्रतिशतले धेरै हो ।

अघिल्लो आवमा कम्पनीले २४ करोड २६ लाख ६८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, लघुिवत्तको कुल सञ्चालन आम्दानी अघिल्लो आवको तुलनामा २३.९७ प्रतिशतले बढेको छ । गत आवमा संस्थाले ४० करोड ४५ हजार रूपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाको यस्तो आम्दानी ३२ करोड ६३ लाख ३१ हजार रूपैयाँ मात्रै थियो ।

संस्थाको सञ्चालन नाफा अघिल्लो आवको तुलनामा २.६४ प्रतिशतले घटेको छ । गत आवमा संस्थाको सञ्चालन नाफा १४ करोड ८० लाख ५० हजार रूपैयाँ छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा अघिल्लो आवमा १५ करोड २० लाख ५० हजार रूपैयाँ रहेको थियो ।

अघिल्लो आवको तुलनामा लघुवित्तको सापटी ३३.५० प्रतिशतले बढेर ३ अर्ब ६८ करोड ८ लाख १६ हजार रूपैयाँ पुगेको छ । गत आवमा संस्थाको निक्षेप ६५.१० प्रतिशत र कर्जा ६५.१० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी २५ प्रतिशतले बढेर ३२ करोड १२ लाख २५ हजार रूपैयाँ पुगेको छ । यस्तै, जगेडा कोष पनि ३०.७८ प्रतिशतले बढेर १७ करोड ५७ लाख २९ हजार रूपैयाँ पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३६.७५ रूपैयाँ छ ।


क्लिकमान्डु