सेयर बजारमा दोहोरो अंकको सुधार



काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन शुक्रबार बजार दोहोरो अंकको सुधार देखिएको छ ।

बजारमा दोहोरो अंकको सुधार देखिएको भएपनि कारोबार रक मभने न्यून हुँदै गएको देखिएको छ । तथापी शुक्रबार भने दुई घन्टा मात्रै कारोबार भएको हो ।

बजार मापन गर्ने सूचक १३.०५ अंकले बढेर परिसूचक २१४०.५२ बिन्दुमा कारोबार रोकिएको छ । २१५ कम्पनीको ५१ लाख १० हजार ७०० कित्ता सेयर २ अर्ब १९ करोड १३ लाख ९५ हजार ७८८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिँदा जलविद्युत समूहको उपसूचक ९.५१, जीवन बीमा २४.०१, निर्जीबन बीमा १३.९२ अंकको गिरावट आएको छ । यस्तै बैंकिङ समूहको ३.२८, विकास बैंक १७९.५८, वित्त कम्पनी १८.२२, होटल तथा पर्यटन १२१.७८, उत्पादन तथा प्रशोधन ३४.५९, अन्य समूहको उपसूचक २४.९२ अंकको सुधार देखिएको छ ।

बजारमा सुधार देखिँदा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १२ करोड ८६ लाख ४९ हजार ८१२ रुपैयाँ सेयर किनबेच भएको छ ।


क्लिकमान्डु