८ कक्षा उत्तीर्ण ३७ जनालाई नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले कक्षा ८ उत्तीर्ण गर्नेका लागि जागिर खुलाएको छ ।

केन्द्रीय बैंकले करारमार्फत् १६ जना सुरक्षागार्ड र २१ जना सवारी साधन चालक माग गरेको हो । जसका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ ।

सुरक्षा पिपातर्फ नेपाली सेनाबाट पिपा वा सोभन्दा एक तहमाथि काम गरी निवृत्तिभरण प्राप्त गर्ने गरी अवकाश पाएको र सवारी चालकतर्फ बैंक तथा वित्तीय संस्था वा नेपाल सरकार निकायमा कम्तीमा १० वर्ष सम्बन्ध्ति सवारी साधन चालक सम्बन्धी कार्य अनुभव प्राप्त गरेको र सवारी चालक अनुमतिपत्र नवीकरण गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

दरखास्त दिने अन्तिम मितिसम्म ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ । उम्मेदवार छनोटका लागि लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता समेत लिइनेछ ।

दरखस्त स्वीकृति भएका उम्मेदवारहरुको संंख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र वा अन्तर्वार्ता परीक्षा मात्रै लिइनेछ ।

इच्छुकले आगामी साउन ४ गतेभित्र अनलाइनमार्फत् आवेदन दिइसक्नुपर्नेछ ।

केन्द्रीय बैंकले सुरक्षा समूहतर्फ (पिपा पद)मा केन्द्रीय कार्यालयका लागि ३ जना, जनकपुर कार्यालयका लागि १ जनाका लागि जागिर खुलाएको हो । साथै सुर्खेत, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, बिराटनगरका लागि २/२ जनाका दरले जागिर खुलाएको हो ।

साथै, सवारी चालकतर्फ हलुका सवारी चालकका लागि केन्द्रीय कार्यालयका लागि १२जना, जनकपुर र पोखराका कार्यालयका लागि १÷१ जनाका लागि जागिर खुलाएको छ । त्यसैगरी बस चालक पदमा केन्द्रीय कार्यालयका लागि २ जना र जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर र धनगढी कार्यालयका लागि १/१ जनाका लागि जागिर खुलाएको हो ।

बैंकले आवेदन दिएपछि स्वीकृति नामावली साउन ११ गते वेवसाइटमा प्रकाशित गर्नेछ ।

अनलाइन आवेदन बैंकको बेवसाइटमार्फत् दिन सकिनेछ ।


क्लिकमान्डु