सानिमा बैंकका ग्राहकले पोखराको र अन्नपूर्ण केबलकारको टिकट काट्दा छुट पाउने



काठमाडौं । सानिमा बैंकका ग्राहकले पोखरामा सञ्चालित अन्नपूर्ण केबलकारको टिकट काट्दा छुट पाउने भएका छन् । छुट सम्झौताका लागि बैंक र केबलकारबीच असार २० गते सम्झौता भएको हो ।

केबलकारको टिकट काट्दा बैंकका ग्राहकले मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा कार्डमार्फत् रकम भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतामा बैंकका गण्डकी प्रदेश प्रमुख सुदीप कुमार हलवाई र केबलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु