सर्वोत्तम सिमेन्टले थप ९ मेगावाट विद्युत् पाउने, उत्पादन क्षमता पनि बढाउने



काठमाडौं । सर्वोत्तम सिमेन्टले नेपाल विद्युत् प्राधिकरणबाट थप ९ मेगावाट विद्युत् प्राप्त गर्ने भएको छ ।

यसका लागि असार १७ गते प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत् खरिद बिक्री सम्झौता भएको हो ।

सम्झौतामा प्राधिकरणका निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्टका कम्पनी सचिव नवराज पौडेलले हस्ताक्षर गरेका छन् ।

हाल सर्वोत्तम सिमेन्टले ८ मेगावाट विद्युत् प्राप्त गरिरहेको छ भने थप ९ मेगावाट गरी १७ मेगावाट विद्युत् प्राप्त गर्नेछ ।

यस सँगै सर्वोत्तम सिमेन्ट लिमिटेडले अब १७ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ । थप विद्युत् प्राप्तका लागि विद्युतीय सामग्री तथा ट्रान्सफर्मर जडान कार्य अघि बढाइएको छ ।

कम्पनीले सर्वोत्तम ब्राण्डमा हाल दैनिक ३ हजार मेट्रिक टन क्लिंकर र ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको छ । साथै, निकट भविष्यमै थप २ हजारका दरले क्षमता बढाउने योजना बनाएको छ ।


क्लिकमान्डु