अल्टोका तीन मोडलको उत्पादन बन्द गर्दै मारुती, के१० मोडल फेरि उत्पादन गर्ने



एजेन्सी । मारुती सुजुकी इन्डियाले सस्तो बजेट अन्तर्गतको ह्याचब्याक कारमध्ये केही मोडलको उत्पादन बन्द गर्ने निर्णय गरेको छ । अब यस अन्तर्गत अल्टो सीएनजी मोडलको कार मात्रै उत्पादन हुनेछ । साथै मारुतीले आफ्नो के१० मोडल फेरि उत्पादन गर्ने निर्णय गरेको छ । जसको उत्पादन सन् २०२० मा बन्द गरिएको थियो ।

मारुतीले अल्टो स्ट्यान्ड एलएक्सआई, र एलएक्सआई सीएनजी भेरियन्टलाई हटाउने फैसला गरेको हो । त्यसको साटोमा कम्पनीले स्ट्यान्डर्ड ओ, एलएक्सआई (ओ), एलएक्सआई (ओ) सीएनजी, भीएक्सआई प्लसन भेरियन्ट उपलब्ध हुने बताएको छ ।

जसअनुसार अब सीएनजी अप्सन अन्तर्गत अल्टोमा एउटा मात्रै मोडल उपलब्ध हुनेछ ।

मारुती सुजुकीले गत जुन महिनामा १ लाख ५५ हजार ८५७ वटा कार बिक्री गरेको थियो । यो गत वर्षको जुन महिनामा बिक्री भएको १ लाख ४७ हजार ३६८ वटा कारको तुलनामा ५ प्रतिशत बढी हो ।

साथै, वित्त वर्ष २०२२ मा मारुती सुजुकीले अल्टो तथा एस–प्रेसो २ लाख ११ हजार ७६२ वटा बिक्री गरेको छ । जबकी अन्य इन्ट्री लेभलका ह्याचब्याक जस्तै रेनोल्टको क्विड २६ हजार ५३५ वटा बिक्री गरेको छ । इन्ट्रि लेभल ह्याचब्याकको वार्षिक बजारमा २.५ लाख युनिटको छ ।


क्लिकमान्डु