बीगमार्टमा आइएमई पे एपमार्फत् पैसा तिर्दा १५% छुट



काठमाडौं । आइएमई पे र स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट (अधिकतम रू. ३०० सम्म) पाउन सकिने छ ।

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५% छुट (अधिकतम ३०० सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम २५ हजार सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु