प्रणालीमा एकै साता थपियो ३४ अर्ब निक्षेप



काठमाडौं । एक साताको अवधिमा बैंकिङ प्रणालीमा ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असार मसान्त आउन लागेसँगै कर्जा लगानी भने घट्न लागेको छ ।

नेपाल बैंकर्स संघका अनुसार असार १७ गतेसम्म प्रणालीमा ३४ अर्ब रुपैयाँ निक्षेप बढेको छ । संघका अनुसार असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा १७ गतेसम्म आइपुग्दा ३४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै संघका अनुसार एक साताको अवधिमा कर्जा लगानी २ अर्ब रुपैयाँले मात्रै बढेको छ । असार १० गतेसम्म ४१ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा असार १७ गतेसम्म आइपुग्दा ४१ खर्ब रुपैयाँ ८४ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु