काठमाडौं उपत्यकामा सिटिजन्स बैंकका थप ३ शाखा सञ्चालनमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौं उपत्यकामा एकै दिन तीन वटा शाखा कार्यालय बिस्तार गरेको छ ।

काठमाडांैको ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । यीसँगै उपत्यकाभित्र बैंकको शाखा कार्यालयको संख्या ३२ पुगेको छ ।

शाखामार्फत् सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।


क्लिकमान्डु