इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घट्यो, कुन रुटको भाडा कति ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा समेत घटेको छ ।

यातायात व्यवस्था विभागका अनुसार न्यूनतम ५.४१ प्रतिशतदेखि ७.६८ प्रतिशतसम्मले भाडा घटाइएको हो । आयल निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजलमा प्रतिलिटर २९ रुपैयाँले मूल्य घटाएको थियो ।

विभागका अनुसार असार १२ गतेदेखि लागू हुने गरी यात्रुबाहक सवारी साधनको भाडठा ५.४१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.९७ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ७.६८ प्रतिशतले घटाएको छ ।

हाल बजारमा डिजलको मूल्य प्रतिलिरट १६३ रुपैयाँ भएकाले पछिल्लो समायोजनमा आधार लिइएको मूल्यभन्दा १५.१० प्रतिशत कम भएको हुँदा भाडा घटाइएको हो ।

कुन रुटको कति भाडा


क्लिकमान्डु