सवारी कर तथा ६/६ महिनामा जाँचपास गर्नुपर्ने नीति तत्काल खारेज गर्न नाडाको माग




काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्यमार्फत् सवारी साधनहरुको वार्षिक करमा वृद्धि तथा ६/६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने नीति खारेज गर्न माग गरेको छ ।

नाडाले आज प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशले ल्याएको नीति अव्यवहारिक भन्दै खारेज गर्न माग गरेको हो ।

नाडाले विगत देखि नै सम्पूर्ण प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको छ । सोहिअनुसार केहि महिनाअघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसी सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमती समेत भइसकेको थियो ।

तर, सो सहमती विपरित गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी भारी मात्रामा सवारी कर वृद्धि गर्नुका साथसाथै ६/६ महिनामा सवारी जाचँपास गर्नुपर्ने नीति ल्याएकोमा नाडाले खारेज गर्न माग गरेको हो ।


क्लिकमान्डु