नेपालमा बीएस–भीआई मोडलको टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआइ सार्वजनिक



काठमाडौं । जगदम्बा मोटर्सले बीएस–भीआई मोडलको टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआइ सार्वजनिक गरेको छ ।

कम्पनीले असार ९ गते कार्यक्रम आयोजना गरी सो मोटरसाइकलको सार्वजनिक गरेको हो । टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआइ नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोटरसाइकल रहेको कम्पनीको भनाइ छ ।

जसमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरू छन् । यस मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५ पीएस एटदरेट ९२५०आरपीएम, अर्बन र रेन मोडमा १५.जीफोर पीएस एटदरेट ८६००आरपीएम पावर उत्पादन गर्दछ ।

स्पोर्ट्स मोडमा १४.७३एनएम एटदरेट ७२५आरएम र अर्बन र रेड मोडमा १४.१४एनएम एटदरेट ७२५९ आरपीएम टर्क उत्पादन गर्दछ । राइड मोडहरूले पावर र एबीएस सेटिङलाई कुनै पनि सवारी अवस्थाहरूमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछन् ।

मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआइ) प्रविधिको बीएस–भीआइ अनुरूप इन्जिन रहेको छ । जसले राम्रो इन्धनको अर्थतन्त्र, विस्तारित पावर डेलिभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मद्दत गर्ने कम्पनीको भनाइ छ ।

यसमा स्मार्ट एक्स कनेक्टजस्ता प्रविधिहरू पनि छन् जसले सवारीको बारेमा धेरै जानकारीहरू देखाउने र ब्लुटुथमार्फत् राइडरको स्मार्टफोनमा जडान गर्न सकिनेछ ।

त्यससँगै, सो मोटरसाइकलमा एग्रेसिभ डीएलआर हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, एकीएसजस्ता अन्य धेरै फिचरहरु छन् ।


क्लिकमान्डु