नेपालमा सार्वजनिक हुँदै टिभिएसको नयाँ मेटरसाइकल



काठमाडौं । जगदम्बा मोटर्सले टिभीएस अपाची १६० ‘४भी’ आरटीएफआइ तथा बीएस भीआइको नयाँ मोडल नेपाली बजारमा ल्याउने भएको छ ।

नेपालमा सार्वजनिक हुन लागेको उक्त मोटरसाइकलको बीएस भीआइ मोडलमा राइड मोडल रहेको छ जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने छ ।

मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको यो मोटरसाइकलको इन्जिन वातावरण मैत्री रहेको छ । मोटरसाइकलमा स्माटर् एक्स कनेक्ट रहको छ ।

जसको सहायताले मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् जसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिन्छ ।


क्लिकमान्डु