१ अर्ब ६७ करोड लगानीमा सडक विभागले काठमाडौंमा अत्याधुनिक भवन बनाउने



काठमाडौं । सरकारले सडक विभागको केन्द्रिय नयाँ भवन बनाउने भएको छ । सरकारले काठमाडौं महानगरपालिका–३१ मिनभवनमा सडक विभागको नयाँ भवन बनाउने भएको हो ।

भवन बनाउनका लागि सडक विभागले आयोजना प्रस्ताव गरी वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको छ ।

विभागले १९ हजार ९४३ वर्गमिटरमा सो भवन निर्माण गर्ने भएको छ । जसमा क्षेत्राधिकार तथा सेटब्याक (३ मिटर) का कटौतीपछि बाँकी बस्ने अस्थायी क्षेत्र १६ हजार ८८८ वर्गमिटर हुने विभागले जनाएको छ ।

विभागकाअनुसार उक्त भवन ६ तल्लाको २९.८७ मिटर अग्लो बन्नेछ । विभागले भवन निर्माण क्षेत्र २४ सय ८ वर्गमिटर, निर्माण क्षेत्र १३ हजार २९८ वर्गमिटर, खुल्ला क्षेत्र १२ हजार २९ वर्गमिटर (३३.३२ प्रतिशत) हरियाली क्षेत्र २९ सय ८६ वर्गमिट (२४.८२ प्रतिशत), र वास्तविक ग्राउन्ड कभरेज ६६.६७ प्रतिशत रहेको छ ।

विभागले भुई क्षेत्रको अनुपात कार्यालय भवन परिसर २.५ र वास्तविक फार १, १.५ मिटर सेटब्याक अथवा वास्तविक सेटब्याक ३ मिटरमा बनाउने भएको छ । सो भवन आरसीसी फ्रेम संरचनामा बन्नेछ ।

भवनको बेसमेन्टमा २३ सय ८७ को हुनेछ । उक्त बेसमेन्टमा गाडी पार्किङ, पानी ट्याङ्की र लिफ्टको लागि ठाउँ हुनेछ ।

त्यसैगरी भुइँ तल्ला २४ सय २ वर्गमिटर, पहिलो तल्ला २५ सय ४९.२४ वर्गमिटर, दोस्रो तल्ला १६ सय १३.७१ वर्गमिटर, तेस्रो तल्ला १५ सय ८४.४६ वर्गमिटर, चौथो तल्लामा १५ सय ९८ वर्गमिटर, पाँचौ तल्लामा ७७६.९१ वर्गमिटर र छैठौं तल्ला ३८६.६७ वर्गमिटरको बन्नेछ ।

त्यसैगरी, भवनमा २ वटा लिफ्टको सुविधा हुनेछ । लिफ्टसँगै पार्किङ र भवनको मुख्य द्वारबाट सजिलैसँग पहुँचयोग्य हुनेछ । वदृष्टिविहिनहरूको सहज यात्राका लागि श्रव्य आवाज जडान गरिने, कम्तिमा भवनहरू भित्रका एक लिफ्ट ह्वील कुर्सीमा भएका व्यक्तिहरूको लागि पहुँचयोग्य हुनेछ ।

विभागले सो आयोजना २ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्नेछ । प्रस्तावित आयोजनाअनुसार विभागमा ४ सय केभीए प्रसारण लाइन ट्रान्सफर्मर र डिजेल जेनेरेटर र सोलार गरी ३८० केभिए ऊर्जा आवश्यक हुनेछ ।

विभागले सो भवन १ अर्ब ६७ करोड ८९ लाख ५६ हजार ४४१ रुपैयाँमा निर्माण गर्नेछ । भवन निर्माणका पूरा गर्न ५० दक्ष र १ सय जना निर्माण कार्यका लागि कामदार प्रतिदिन आवश्यक पर्ने विभागको भनाइ छ ।


क्लिकमान्डु