दोर्दी खोला जलविद्युतको आईपीओ निष्कासन आजदेखि



काठमाडौं । दोर्दी खोला जलविद्युत् आयोजनाले आज ९बिहीबार०देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई छुट्याएको सेयर बाँडफाँट गरिसकेको छ । प्रभावितका लागि छुट्याएको सेयरमध्ये बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित जारी गरेको हो ।

निष्काशन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ । लगानीकर्ताले अधिकतममा १७ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आइपीओमा जेठ २६ देखि जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेमा असार ९ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


क्लिकमान्डु