विद्युतीय माध्यमबाट बीजक जारी गर्ने विषयमा महासंघले राजस्व विभागबीच छलफल



काठमाडौं । विद्युतीय माध्यमवाट बीजक ९ई–बिलिङ० जारी गर्ने बिषयमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग छलफल गरेको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग भेटगरी सम्बद्ध विषयमा आवश्यक छलफल गरिएको हो ।

आन्तरिक राजव विभागले हालै आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरूले अनिवार्यरुपमा विद्युतीय विजक जारी गर्नुपर्ने ब्यवस्था गरेको सूचना निकालेको छ । सोही बिषयमा देखिएको अस्पष्टताका बारेमा महासंघका अध्यक्ष शाक्यले जिज्ञासा राखेका हुन् ।

विभागका महानिर्देशक शाक्यले विद्युतीय माध्यमबाट १० करोडभन्दाबढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्यरुपमा विद्युतीय विजक जारी गर्नुपर्ने ब्यवस्था गरिएको प्रष्ट पार्दै यसले लेखा प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुर्याउने बताए ।

उनकाअनुसार यो व्यवस्थाअनुसार विद्युतीय विजक जारी गर्दा व्यवसायीको लेखाप्रणालीमा मात्रै आवद्ध हुनेछ । जसले व्यवसायीलाई विद्युतीय कारोबार गर्ने बानी बसाल्ने उनको भनाइ छ ।


क्लिकमान्डु