सेयर बजारमा हरियाली, बुधबार ६० अंकले बढ्यो परिसूचक



काठमाडौं । लामो समयदेखि लगातार ओरालो लागेको सेयर बजारमा बुधबार हरियाली छाएको छ । अधिकांश कम्पनीको सेयर मूल्य उकालो लाग्दा सीमित कम्पनीमा भने रातो देखिएको छ ।

नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ अंकमा पुगेको छ ।

यो दिनको कारोबारमा ५० लाख ५ हजार ८१४ कित्ता सेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँमा कारोबार भएको छ । यो दिन २१८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटाको हकमा सेयरमूल्य स्थिर छ ।

यो दिनको कारोबारमा लगानीकर्ताको आकर्षण फाइनान्स कम्पनीमा देखिएको छ । फाइनान्सतर्फको उपसमूहमा ५.०३ प्रतिशत वृद्धि भएको छ । बुधबारको कारोबारमा सबै उपसमूहमा हरियाली छाएको छ ।

सामूदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त, बलेफी हाइड्रोपावर र कालिका लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी यो दिनको कारोबारमा कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर, कुमारी बैंक, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक र अपि पावर शीर्ष स्थानमा छन् ।


क्लिकमान्डु