बालेनको सार्वजनिक शौचालयको अभियानमा नबिल बैंकको साथ



काठमाडौं । नबिल बैंकका काठमाडौं महानगर अन्तर्गतका १८ वटा शाखा कार्यालयले बालेन शाहको अभियानमा साथ दिने भएका छन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहले गरेको सार्वजनिक अपिललाई स्वीकार गर्दै महानगरभित्रका शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने भएको हो ।

पछिल्लो समय मेयर बालेन शाहको आह्वानलाई स्वीकार गर्दै काठमाडौं महानगरलगायत देशका विभिन्न स्थानमा विभिन्न कम्पनीहरुले शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने घोषणा गरिरहेका छन् ।


क्लिकमान्डु