नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक



काठमाडौं । नेपाल बैंकले ‘आर्थिक समृद्घिका लागि वित्तीय साक्षरता’ नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्बजनिक गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी,नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का, प्रधान कार्यालयका बिभिन्न बिभाग तथा डिभिजनका प्रमुखहरु लगायतको उपस्थितिमा उक्त पुस्तिका बिमोचन गरिएको थियो ।

बैंकको मार्केटिङ्ग तथा रिसर्च डिभिजनले तयार गरेको सो पुस्तिका विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकहरुकोसमेत भर्चुअल रुपमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्पूर्ण नेपालीहरुमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिबृद्घि गर्न सो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रमहरुको प्रभावकारीताबाट नै आर्थिक समृद्घि हुन सक्ने विचार व्यक्त गरे ।


क्लिकमान्डु