असारदेखि भदौसम्म सडक खन्न नपाइने



काठमाडौं । आगामी असार १ गतेदेखि भदौमसान्तसम्म सडक खन्न नपाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले आज सूचना जारी गर्दै वर्षायाममा सडक खन्न नदिइने जनाएको हो ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोनआदि प्रयोजनाका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्ममा कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति दिइने छैन,’ जारी सूचनामा उल्लेख छ ।

विभागले यदि कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने जनाएको छ ।


क्लिकमान्डु