सेयर लगानीकताले नाफाबाट सरकारलाई तिरे ११ अर्ब लाभकर



काठमाडौं । सेयर बजारबाट सरकारले चालु आर्थिक वर्षमा ११ अर्ब ३ करोड २६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।

धितोपत्र बोर्डले वार्षिकोत्सवको अवसरमा दिएको जानकारी अनुसार जेठ १७ गतेसम्म सरकारले सो रकम संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा सरकारले पुँजीगत लाभकरबाट १५ अर्ब ५३ करोड संकलन गरेको हो ।

सरकारले दोस्रो बजारको सेयर कारोबारमा सेयर किनेको एक वर्षभित्रमा बेचेमा साढे ७ प्रतिशत तथा एक वर्षभन्दा बढी समय राखेर बेचेमा ५ प्रतिशत लाभकर लिने गरेको छ ।

अघिल्लो आर्थिक वर्षदेखि पुँजीगत लाभकर ह्वातै बढेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा ९८ करोड रुपैयाँ पुँजीगत लाभकरबाट सरकारले उठाएको थियो । २०७५/७६ मा ६४ करोड रुपैयाँमात्र लाभकर सरकारले पाएको थियो । २०७४/७५ मा ४७ करोड रुपैयाँ लाभकरबाट पाएको थियो ।

डिम्याट खोल्नेको संख्या ५१ लाख पुग्यो

धितोपत्र बोर्डले हिग्राही(डिम्याट) खाता खोल्नेको संख्या ५१ लाख ५० हजार पुगेको जनाएको छ ।

वैशाख मसान्तसम्ममा मेरो सेयर खाता खोल्नेको संख्या ४२ लाख ६४ हजार तथा सेयर कारोबारका लागि अनलाइन सेवा लिनेको १४ लाख ३९ हजार पुगेको छ ।


क्लिकमान्डु