फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण समितिमा शाही नियुक्त



काठमाडौं । सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास बिक्रम शाहीलाई नियुक्त गरेको छ ।

सरकारले कैलालीको धनगढी उपमहानगरपालिका ३ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माण गर्ने निर्णय गरेको छ ।

कैलालीका सुवास शाही विगत १३ वर्षदेखि धनगढीलाई क्रिकेटको सहर बनाउने अभियानमा संलग्न थिए ।

शाही अध्यक्ष रहेका धनगढी क्रिकेट एकेडेमीले फाप्ला क्रिकेट मैदान निर्माण हुनु पर्ने लबिङ गर्नुको साथैं सम्भाव्यता अध्ययन गर्दै थ्रिडी डिजाइन समेत प्रकाशित गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षमा फाप्ला मैदान निर्माणका लागि बजेट समेत विनियोजन गरेको छ ।

यस्तै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको सदस्यमा कल्पना दियाकोटीलाई नियुक्त गरिएको छ ।


क्लिकमान्डु