व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा राणा



काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा शरद राणालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राणालाई ४ वर्षका लागि व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

गत वर्ष राणाको कार्यकाल समाप्त नभएपछि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक पद रिक्त थियो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नेपालबाट हुने आयात निर्यातको तथ्यांक विश्लेषण गर्ने काम गर्दै आएको छ ।


क्लिकमान्डु