विद्यालय दिवा खाजाका लागि १ अर्ब ३२ करोड बजेट



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् विद्यालय दिवा खाजाका लागि १ अर्ब ३२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाका अन्तर्गतको चामल, दात, तेल र नुनका लागि ३० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

साथै, ती खाद्यान्नहरु गोदामदेखि विद्यालयसम्म लैजाने व्यवस्थापनका लागि २ करो २ लाख ९१ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको ।

त्यसैगरी शिक्षा तथा मानन स्रोत केन्द्र अन्तर्गत कक्षा ६ सम्मका विद्यार्थीलाई दिवाखाजा वापत वित्तीय हस्तान्तरणका लागि १ अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

यसअघि कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै उपलब्ध गराउँदै आइएको दिवा खाजा कार्यक्रम आगामी दिनमा कक्षा ८ सम्म बनाउने सरकारको योजना छ ।


क्लिकमान्डु