साउन १ गते गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आशय होइनः विभाग



काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानका विषयमा उत्पन्न विवादमा स्पिष्टकरण दिएको छ ।

यसअघि विभागले यही असार मसान्तभित्र बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने र साउन १ गतेदेखि जडान गर्ने सवारी साधनलाई कारबाही गर्ने बताएको थियो । तर छोटो समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्भव नभएको भन्दै संसदमा समै प्रश्न उठेपछि विभागले स्पिष्टकरण दिएको हो ।

विभागले साउन १ गतेका दिन विहान देशका सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आशय आफ्नो नभएको बताएको छ ।

‘विभाग यस विषयमा प्रष्ट कि दिइएको ४० दिनमा नेपालमा हाल दर्ता कायम रहेका सबै साधनमा त परै जाओस अहिलेकै गतिमा नम्बर प्लेट जडान हुने हो भने सम्झौता बमोजिम परियोजनाले जडान गर्नुपर्ने २५ लाख सवारी साधनको केहीप्रतिशतमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान हुन सक्ने देखिन्छ,’ विभागले भनेको छ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवश्यक पूर्वाधार तयार नगरी कार्यान्वयनमा ल्याइएको सत्य नभएको भन्दै पूर्वाधार तयार भएर मात्रै कार्यक्रम कार्यान्वयनमा ल्याएको दाबी गरेको छ ।

विभागमा हाल २ लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको भन्दै इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन दिने प्रणाली र यसको पर्सनलाइजेसनको प्रणाली तयार भएको विभागको भनाइ छ ।

यस्तो छ विभागको स्पिष्टकरण


क्लिकमान्डु