१२.५० % ब्याजदर पाइने बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला



काठमाडौं । ५० करोड रूपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला भएको छ ।

नेपाल सरकारको तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘वैदेशिक रोजगार बचतपत्र, २०८४’ आजदेखि बिक्री खुला भएको हो ।

जेठ १८ गतेदेखि असार ६ गतेसम्म बिक्री खुला हुने बैंकले जनाएको छ । असार १३ गते उक्त बचतपत्र निष्कासन गरिने छ ।

बैंकले बुधबार सूचना जारी गर्दै १२.५० प्रतिशत ब्याजदर पाइने बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला वार्षिक ब्याजदर र पाँच वर्षे समयावधि रहेको बचतपत्र बिक्री खुला भएको जनाएको हो ।

बचतपत्रमा घटीमा १० हजार रूपैयाँ र बढीमा १० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिने छ ।

यस बचतपत्रमा देशबाहिर रोजगारीमा संलग्न तथा देशबाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवसीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्य(बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिने बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।

बैंककाअनुसार यस बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने छ ।

बचतपत्रको ब्याज प्रत्येक ६÷६ महिनामा भुक्तानी हुने र यसको अन्तिम साँवा भुक्तानी आगामी २०८८ असार १३ गते हुने उल्लेख छ ।
इच्छुक खरिदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि बैंकको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

यस्तै, बैंकको वेबसाइट बाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफुलाई पायक पर्ने यस बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरूको सहयोग लिई अनलाइन आवेदन दिन सकिने उल्लेख छ ।

आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र पलएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरूबाट ब्याज भुक्तानी लिन सकिने छ ।


क्लिकमान्डु