बजेटले वनस्पति घ्यू तेल उद्योग थप संकटमा जाने



काठमाडौं । बनस्पति घ्यू तेल उद्योग बजेट थप संकटमा जाने दाबी उद्योगीले गरेका छन् ।

नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महशुलमा आयात गरेर प्रशोधन गरी बिक्री वितरण गर्दै आईरहेको थियो । प्रशोधित तेलमा आयात महसुल १५ प्रतिशत थियो । कच्चा पदार्थ भन्दा एक तह मात्र बढी थियो ।

सरकारले ल्याएको बजेटबाट बिशेष उद्योगहरु (जस्तै बिस्कुट र चाउचाउ) लाई प्रशोधित पाम र पामोलीन तेल आयात गर्न ५ प्रतिशत भन्सार महसुल, अर्थात हाल/साविकको व्यवस्था मा ६६.६७ प्रतिशत छुट दिई तयारी माल भन्दा कच्चा पदार्थको भंसार महसुल एक तह कम हुने नीतिबाट बिरोधाभाष पुर्ण तरीकाले औद्योगीक विकासमा गम्भिर असर पुर्‍याईएको छ ।

जस्को दीर्घकालिन प्रभाव निश्चित रुपमा पर्ने देखिएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा राहत दिनका लागी खाने तेलको महशुल दर कम गर्नुको सट्टा अन्य उद्योगहरुलाई कम महशुल दरमा तयारी खाने आयात गर्न दिने निति व्यवहारीक र विवेकपुर्ण नरहेको संघले जनाएको छ । 


क्लिकमान्डु