नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता



काठमाडौं । नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबच सम्झौता भएको छ ।

दुवै संस्थाबीच आपसी सम्बन्धलाई वित्तीय कारोबार मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उद्देश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको बताइएको छ ।

पोखरा विन्ध्यवासिनीमा आयोजित कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र बैंकको गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
समझदारी पश्चात विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्नेछन् ।

नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।


क्लिकमान्डु