इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट



काठमाडौंं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

हिमालयन बैंकसँग मर्जर गर्ने भन्दै एक वर्षभन्दा लामो समयदेखि रोक्का रहेको कारोबार सोमबार खुलेको हो । कारोबार खुलेकै दिन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयर प्रतिकित्ता ४० रुपैयाँ ७९ पैसाले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ ७९ पैसाले घटेर ३६७ रुपैयाँ ७० पैसा रहेको छ ।


क्लिकमान्डु