सरकारी कार्यालयमा कागजको प्रयोग कम गर्दै जाने
काठमाडौं । सरकारले मुलुकभरका विभिन्न सरकारी निकायमा कागजको प्रयोग कम गर्ने नीति लिने भएको छ ।
सरकारले आगामी वर्षदेखि सरकारका सबै निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरेर कागजको प्रयोग क्रमशः कम गर्ने जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।