सामूदायिक विद्यालय र अस्पताललाई इन्टरनेटमा ५० प्रतिशत छुट
काठमाडौं । सरकारले सामूदायिक विद्यालय र अस्पतालमा ५० प्रतिशत छुटमा इन्टरनेट उपलब्ध गराउने भएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।
‘ग्रामीण दूरसञ्चार प्रविधि कोषको उपयोग गरी देशभरका माध्यमिक तहका सामूदायिक स्कुल र सामूदायिक अस्पतालमा न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराइनेछ,’ उनले भनिन् ।
उनले ७ वटै प्रदेशका कम्तीमा १०० वटा माध्यमिक तहका सामूदायिक विद्यालयमा छानिएका विषयमा समान गुणस्तर उपलब्ध गराउन सूचना प्रविधिको उपयोग गरिनेछ ।
साथै, दुर्गम क्षेत्रका अस्पतालमा टेलिमेडिसनको सुविधा उपलब्ध गराउन पनि सूचना प्रविधिको उपयोग गरिनेछ ।
साथै, देशभर उच्चगतिको इन्टरनेट उपलब्ध गराउने सरकारले मुलुकभर उच्चगतिको इन्टरनेट सेवा सञ्चालन गर्न विभिन्न कार्यक्रम ल्याउने भएको छ ।
डिजिटल प्रविधिको प्रयोगलाई बढाउन उच्चगतिको इन्टरने सेवा आवश्यक भएको भन्दै विभिन्न कार्यक्रम ल्याउन लागिएको हो ।