प्रधानमन्त्री रोजगार कार्यक्रम पुनसंरचना गर्ने घोषणा
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पुनसंरचना गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबैको स्वामित्व स्थापित हुने गरी पुनसंरचना गरिने बताईन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
२०७५ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको प्रधानमन्त्री कार्यक्रम उत्पादन सँग जोड्न नसक्दा विवादित बनेको थियो । सरकारले प्रधानमन्त्री रोजगार सञ्चालनका लागि विश्व बैंकसँग ऋण लिएको छ ।