एकलविन्दु सेवा केन्द्रलाई अधिकार सम्पन्न बनाउने सरकारको घोषणा



काठमाडौं । सरकारले उद्योग विभागमा स्थापना भएको एकल विन्दु सेवा केन्द्रलाई अधिकार सम्पन्न बनाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अधिकारसम्पन्न एकल विन्दु सेवा केन्द्रमार्फत् उद्योगी व्यवसायीलाई गुणस्तरीय सेवा प्रदान गरिने बताइन् ।

हाल उद्योग विभागमा एकल विन्दु सेवा स्थापना भए पनि ठूला उद्योग स्थापनाको अनुमति लिन विभिन्न निकाय पुग्नु पर्ने बाध्यता हट्न सकेको छैन ।

उद्योग विभागमा नेपाल राष्ट्र बैंक, वन मन्त्रालय, भूमिसुधार मन्त्रालय लगायतका प्रतिनिधि भएपनि उनीहरुले कुनै निर्णय नगर्दा उद्योगीहरु विभिन्न निकाय पुग्नुपर्ने बाध्यता हट्न सकेको छैन ।

सरकारले एकल विन्दु सेवालाई अधिकार सम्पन्न बनाउँदा काम गर्न सहिलो हुने उद्योगी व्यवसायीले बताउँदै आएका छन् ।


क्लिकमान्डु