बजेटमा अर्थसमितिको सुझाव- कर्मचारी र जनप्रतिनिलाई नेपाली पोशाक



काठमाडौं । अर्थसमितिले आगामी आर्थिक वर्षको बजेटको सबै कर्मचारीले नेपाली पोशाक नै प्रयोग गर्ने व्यवस्था गर्न सुुझाव दिएको छ ।

समितिले नीति तथा कार्यक्रम सार्वजनिक हुनु तीन घण्टाअघि मात्रै अर्थमन्त्रालयमा सुझाव पठाउँदै जनप्रतिनिधिको हकमा पनि नेपाली पोशाक नै हुनुपर्ने व्यवस्था गर्न माग गरेको हो ।

सांसदहरु निर्वाचनमा व्यस्त भएका कारण समयमै बजेटपूर्व छलफल हुन नसकेको समितिका सभापति कृष्णप्रसाद दाहालले बताए ।

समितिले अर्थ मन्तालयलाई दिएको सुझावमा मेक ईन नेपाल अभियान कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

सुझावमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने नीति ल्याउनुपर्ने उल्लेख छ ।

समितिले करको दायरा बढाउने, साना करदातालाई अनलाइनबाट कर तिर्न सक्ने व्यवस्था मिलाउने सुझाव रहेको छ ।

वाणिज्य बैंक तथा वित्तीय संस्थाले गर्ने काम एउटै भएको भन्दै यसलाई विशिष्टिकृत बनाउन सुझाव दिएको छ ।

समितिले सार्वजनिक संस्थानलाई मर्ज गरेर कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ ।


क्लिकमान्डु