काठमाडौं महानगरः बालेन साहले केशव स्थापितलाई ९ सय मतले उछिने, सिर्जना तेस्रो



काठमाडौं । काठमाडौं महानगरका स्वतन्त्र उम्मेद्वार बालेन साहले अग्रता कायमै राखेका छन् । ५९६५ मत गन्दा बालेन साहले २१५१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले १२५९ मत प्राप्त गरेका छन् । स्थापितले भन्दा बालेनले ९०० मत बढी प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले १०८८ मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले १६५, स्वतन्त्र उम्मेद्वार सुमन सायमीले १६५ र विवेकशील साझाकी उम्मेद्वार लक्ष्मी बास्कोटाले २३ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु