काठमाडौं महानगरः बालेनले १५७५ मत ल्याउँदा, स्थापितले ९८५ र सिर्जनाले ८२५, विवेकशील साझाको कन्तबिजोक



काठमाडौं । काठमाडौं महानगरिपालिकाको प्रारम्भिक मतगणनामा मेयरका स्वतन्त्र उम्मेद्वार बालेन साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । शुरुदेखि नै अग्रता लिएका बालेनले प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बनाउँदै लगेका हुन् ।

अहिलेसम्मको नतिजाअनुसार स्वतन्त्र उम्मेद्वार बालेनले १५७५ मत ल्याएका छन् भने एमालेका केशव स्थापितले ९८५ र कांग्रेसकी सिर्जना सिंहले ८२५ मत ल्याएका छन् ।

अर्का स्वतन्त्र उम्मेद्वार सुमन सायमीले १६५, राप्रपाका मदनदास श्रेष्ठले १२६ र विवेकशील साझाकी उम्मेद्वार समीक्षा बास्कोटाले १३ मत प्राप्त गरेका छन् ।

मेयरमा दोस्रो स्थानमा रहेको एमाले उपप्रमुखमा भने भारी मतान्तरले अगाडि छ । अहिलेसम्मको नतिजाअनुसार एमालेका उपमेयरको उम्मेद्वार सुनिता डंगोलले १७४३, गठबन्धनका तर्फबाट एकीकृत समाजबादीका उपमेयरका उम्मेद्वार ५१६ र राप्रपाका उपमेयरका उम्मेद्वार बिनिता मगैयाले ५१३ मत प्राप्त गरेका छन् । विवेकशील साझाका उपमेयरका उम्मेद्वार कृति कंसाकारले ३५ मत ल्याएकी छन्
अघिल्लो स्थानीय तहको निर्वाचनमा शानदार मत ल्याएर पराजित भएको विवेकशील साझाको अवस्था यो निर्वाचनमा अत्यन्तै खराब देखिएको छ । उम्मेद्वारको जमानाजफत हुने संभावना प्रवल छ ।


क्लिकमान्डु